तनाव हटाउने अचुक उपाय

२०७२ पुष १८ गते, शनिबार

काठमाडौँ । तनाव जस्तो प्रकारको पनि हुन सक्छ । यस्तोमा कुनै कामको तनाव, सम्बन्धको कारण हुने तनाव पनि हुन्छन । यी सबै तनाब बाट बचाउन त सकिँदैन तर केही यस्तो तरिका हुन्छ जसले तनावलाई केही दूर भने पक्कै गर्नेछ । २० मिनेट मै तनाव कम गर्न चाहनुहुन्छ भने गहिरो सास लिनुहोस् । गहिरो सास लिनु निकै राम्रो आसन मानिन्छ जसका कारण शरीरमा अक्सिजनको मात्रा बढ्ने गर्छ । जसले तनाव कम हुन्छ । एक सोधका अनुसार दुई हप्तासम्म थौरै मात्रामा चकलेट खानाले पनि तनाव दूर हुनसक्छ । यसले तनाव बढाउने हर्माेन्सलाई कम गर्नेछ । यसकारण जब तनाव हुन्छ थोरै मात्रामा चकलेट खानुहोस् । तर यसको मात्रामा विचार गर्नुहोस्, धेरै खानु राम्रो होइन । तनाव कम गर्ने अर्काे पनि तरिका हुन्छ । केही रचनात्मक काम गर्नुहोस् । यसको लागि तपाईंले आफ्नो ड्रोइङ पेपरलाई कलर गर्नुहोस् । यसले तपाईंको तनाव कम हुन्छ । ग्रिन टी पिउनुहोस् जसले तपाईंको तनाव हटाउँछ । तनाव भइरहेको छ भने केही समयको लागि घुम्न जानुहोस् । घुम्दाखेरी तनावजन्य कुराहरु दिमागमा अउनेछैन । एक सोधका अनुसार तनाव कम गर्नको लागि हिउँ कणको तस्विरहरु हेर्नाले पनि उपयोगी हुने जनाइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु