स्वास्थ्यका लागि रातो केरा सहयोगीसिद्ध

२०७२ पुष १९ गते, आईतवार

काठमाडौँ । तपाई हामिले पँहेलो र हरियो रंगको केरा त धेरै देखेका र खाएका छौ । तर, अस्ट्रेलियामा उत्पादन हुने केराको एउटा प्रजाति रातो रंगको पनि हुने गर्दछ । यो रातो रंगको केरालाई रेड डका भन्ने गरिन्छ । अस्ट्रेलियामा यस्ता केराको उत्पादन निकै राम्रो छ। रातो रंगको केराको प्रजाति सबैभन्दा पहिला कोस्टरिकामा पत्ता लगाइएको थियो । रातो केरा अमेरिकाका साथै वेस्टइन्डिज, म्याक्सिको, जमैका, इक्वेडर र अस्ट्रेलियाका कयौ क्षेत्रमा लोकप्रिय छ ।
यो केरा हल्का गुलावी रंगको हुने गर्दछ । यसको स्वाद भने आँपको जस्तो हुन्छ । रातो केरामा रहेको पोटासियम हर्ट मसल्स र डाइजेस्टिभ सिस्टमलाई सही तरिकाले काम गर्न सहयोगीसिद्ध हुने चिकित्सकहरुको भनाइ छ।
यो रातो केराले मुटुसँग सम्बन्धित रोग र डाइबिटिजको खतरा पनि कम गर्दछ । भिटामिन सीले भरपुर यो केरामा ११० क्यालोरी हुन्छ । यसमा फ्याट, कोलेस्ट्रोल र सोडियम हुँदैन । यसमा २९ ग्राम कार्बोहाइड्रेट र एक ग्राम प्रोटिन हुन्छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु