अखिल क्रान्तिकारीद्वारा स्वबियु निर्वाचनको माग

२०७२ पुष २३ गते, बिहीबार

काठमाडौं, २२ पुस । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले स्वतन्त्र बिद्यार्थी युनियन निर्वाचनको माग गर्दै त्रिभुवन बिश्वबिधालयका उपकुलपतिलाई ज्ञापन पत्र बुझाएको छ । अखिल क्रान्तिकारीले आज त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा तिर्थ खनियालाई भेटेर स्ववियु नियमावली ( विधान ) परिवर्तन गर्नु पर्ने , स्ववियुको नया संरचना निमार्ण गरिनुपर्ने , समानुपातिक निर्बाचन प्रणाली लागु गरिनुपर्ने र यथासिघ्र स्ववियु निर्बाचन घोषणा गरिनुपर्ने लगायतको ४ बुदे माग पत्र बुझाएको अखिल (क्रान्तिकारी) उपत्यका संयोजक लोकेश बिश्वकर्माले बताएका छन । ज्ञापन पत्र बुझ्दै उपकुलपति प्रा डा खनियाले जायज मागको सन्दर्भमा आफुहरुले नयाँ ढंगले सोच्ने बताए । अहिले सम्मका स्वबियु ठेक्का-पट्टाको लागि केही सिमित बिद्यार्थी नेताहरुको अड्डा बाहेक केही हुन नसकेकाले आम विद्यार्थीको समस्याको समाधानमा कुनै साइनो नराख्ने स्वबियुको खास अर्थ नरहेको भन्दै त्यसको नीति ,विधि र संरचनामा आमूल परिवर्तन ल्याउनु जरुरी भएको संगठनको निस्कर्श रहेको बिश्वकर्माले बताएका छन ।

प्रतिक्रियाहरु

[anycomment]