कक्षा ११ को परीक्षाफल सार्वजनिक
काठमाडौँ, ३० पुस । उच्च माध्यामिक शिक्षा परिषद् सानोठिमीले आज कक्षा ११ को परीक्षाफल सार्वजनिक गरेको छ । परीक्षामा ४९ दशमलव २० प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् । परीक्षामा नियमित तर्फ २ लाख ४३ हजार ७ सय ३१ जना परीक्षार्थी रहेकोमा १ लाख १९ हजार ९ सय १६ जना परीक्षार्थी उतीर्ण भएको परिषद्का उपाध्यक्ष डा. चैतन्य शर्माले जानकारी दिए । परीक्षार्थी मध्ये ४ जनाको परीक्षा स्थगित गरिएको छ भने ६१ जनाको परीक्षाफल रद्ध गरिएको छ । आंशिक तर्फ भने १ लाख २६ हजार ९ सय ३० जना परीक्षार्थी सहभागि भएकोमा ४३ हजार ९८३ अर्थात ३४ दशमलव ६५ प्रतिशत परीक्षार्थी उतीर्ण भएको उनले बताए । परीक्षार्थी मध्ये ५ जनाको परीक्षा स्थगित गरिएको छ भने ३५ जनाको परीक्षाफल रद्ध गरिएको छ । गतवर्ष भने ४७ दशमलव २७ प्रतिशत परीक्षार्थी उतीर्ण भएकोमा यसवर्ष उतीर्ण प्रतिशत बढेको शर्माले बताए ।