सर्वोत्कृष्ट विद्यार्थीलाई शिक्षक बनाइने

२०७२ माघ ११ गते, सोमबार

काठमाडौं ,११ माघ । शिक्षा मन्त्रालयले उच्च शिक्षामा सर्वोत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीलाई उसले चाहेको खण्डमा शिक्षण पेसामा स्थायी नियुक्ति दिने योजना अगाडि बढाइएको छ । मन्त्रालयले आगामी साउन महिनाबाट कार्यान्वयनमा ल्याउन लागेको विद्यालय क्षेत्र विकास योजना (एसएसडीपी) मार्फत सर्वोत्कृष्ट विद्यार्थीलाई त्यस्तो आकर्षण दिइने भएको छ। शिक्षा पत्रकार सञ्जाल (इजोन) ले आइतबार आयोजना गरेको कार्यक्रममा शिक्षा मन्त्रालयका उपसचिव डा. मुकुन्दमणि खनालले प्रतिभाशाली विद्यार्थीलाई शिक्षण पेसामा आकर्षित गर्न यस्तो योजना ल्याउन लागिएको जानकारी दिए । उनका अनुसार कुल रिक्त दरबन्दीको पाँच प्रतिशत पदमा त्यस्ता विद्यार्थीलाई स्थायी शिक्षकका रुपमा नियुक्ति गरिनेछ । उनले उच्च माध्यमिक र स्नातक तहमा सर्वोत्कृष्ट अंक हासिल गर्नेलाई आधारभूत तह (कक्षा १-८) मा र स्नाकोत्तर तहमा सर्वोत्कृष्ट अंक हासिल गर्नेलाई माध्यमिक तह (कक्षा ९-१२) मा अध्यापन गर्न स्थायी नियुक्ति गरिने बताए । हाल एसएलसी परीक्षामा तेस्रो श्रेणीमा उत्तीर्ण हुनेहरु उच्च शिक्षामा शिक्षाशास्त्र विषय लिने गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार