कोलम्बियाका गर्भवती महिला जिका भाइरसको शिकार

२०७२ माघ १७ गते, आईतवार

काठमाडौं,१७ माघ । कोलम्बियाको राष्ट्रिय स्वास्थ्य संस्थाले जनाए अनुसार कोलोम्बियाका २० हजार गर्भवती महिलामध्ये २ हजारमा जिका भाइरस देखा परेको छ । ती महिलाबाट जन्मने शिशुको टाउको सानो हुने र सुस्त मनस्थितिको हुने निश्चित भएको कोलोम्बियाको स्वास्थ्य संस्थाको ठहर छ ।
विकसित शिशुका कारण गर्भपतन समेत गर्न नमिल्ने भएकाले जिका भाइरस संक्रमित महिलाहरु चिन्तित भएका छन् । यसअघि विश्व स्वास्थ्य संगठनले जिका भाइरस चिन्ताको बिषय भएको भन्दै यसको नियन्त्रणका लागि पहल गर्न सम्बन्धित देशहरुलाई सचेत तुल्याएको थियो ।
अफ्रिकी मुलुकहरुमा पहिलो पटक देखा परेको यो भाइरस लामखुट्टेको टोकाइबाट फैलिने गर्छ । यो भाइरस अमेरिकी देशहरुमा पनि फैलिसकेको छ । ब्राजिललगाएतका अमेरिकी मुलुकहरुमा जिका भाइरस संक्रमितको संख्या दिनानुदिन बढ्दो छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]