अनेरास्ववियुको अध्यक्षमा नविना

२०७२ फाल्गुन १० गते, सोमबार

काठमाडौं, १० फागुन । अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि भएको चुनावमा नवीना लामा अध्यक्षमा निर्वाचित भएकी छन् । अर्का प्रत्याशी दीपक गौतमलाई २१६ मतले पराजित गर्दै लामा विजयी भएकी हुन् । लामाले ८६५ तथा गौतमले ६४९ मत पाए । महासचिवमा पनि लामा प्यानलकै ऐन महर ८३१ मतका साथ विजयी भए । उनले ६६० मत ल्याएका गौतम पक्षका अब्दुल हुसेन खाँलाई पराजित गरेका हुन् ।
उपाध्यक्षमा महेश बर्तौला, रश्मी आचार्य, शैलेश लामा र सुनिता बराल विजयी भएका छन् भने पदाधिकारीमा तीनबाहेक सबै तथा अरु धेरै पदमा पनि लामा पक्षले नै जितेको छ ।
अनेरास्ववियुमा १४१ सदस्यसहित राष्ट्रिय परिषद् सदस्य, अनुशासन आयोग र लेखा आयोगको १५÷१५ जना सदस्य चयनका लागि चुनाव भएको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार