थालेसिमियाका बिरामी बढ्दै
काठमाडौं, १७ फागुन । नेपालमा पछिल्लो समयमा बालबालिकामा देखिने थालेसिमियाका बिरामीको संख्या बढ्दै गएको छ । एक दशकअघिसम्म नामै नसुनिएको यो रोगका बिरामीको संख्या पछिल्ला दिनमा भने बढ्दै गएको हो । तर, स्वास्थ्य मन्त्रालयले यो रोगका बारेमा न कुनै अनुसन्धान गरेको छ न त ऊसँग बिरामीको एकीन तथ्यांक नै छ । शरीरलाई असर पुर्याउने हेमोग्लोबिनको उत्पादन हुने रोग थालेसिमियाबाट धेरै बालबालिका प्रभावित छन् । शरीरमा राम्रो रगत उत्पादन नहुने भएपछि बालबालिकाको शारीरिक विकासमासमेत असर पर्छ । यो रोग लागेका बालबालिकाको शरीरमा कम्तिमा १५/१५ दिनमा रगत चढाउनुपर्ने हुन्छ ।