आज विश्व मुख स्वास्थ्य दिवस

२०७२ चैत्र ७ गते, आईतवार

काठमाडौं, ७ चैत । आज विश्व मुख स्वास्थ्य दिवस , स्वस्थ जीवनका लागि स्वस्थ मुख भन्ने नारासहित मनाइँदैछ । दाँत तथा मुख स्वास्थ्यको महत्व तथा आवश्यकतालाई जोड दिँदै हरेक वर्ष मार्च २० तारिखका दिन विश्व मुख स्वास्थ्य दिवस मनाउने गरिन्छ । दिनमा ६ मिनेट समय दिन सकेमा दाँत तथा मुखका ९० प्रतिशत रोगबाट बच्न सकिने डाक्टरले बताएका छन् । दाँत तथा मुखमा समस्या आएपछि मात्र जचाउन जाने प्रवृत्तिले मुख तथा दाँतका बिरामी बढ्दै गएको उनीहरुको भनाई छ । तथ्यांक अनुसार ९० प्रतिशत बढी मानिस जीवनकालमा दाँत सड्ने, मुख गन्हाउने, दाँतबाट रगत आउनेदेखि क्यान्सरसम्मका मुखका रोगबाट पीडित हुने गरेको पाइन्छ । दाँतमा समस्या आउँदा वा गिजा तथा मुखमा संक्रमण हुँदा निस्कने विकार रगतमा मिसिएर रक्तचाप, जोर्नी तथा हड्डीको रोग, मधुमेह, मृगौला, मुटु तथा फोक्सोमा समेत असर गर्न सक्ने दाँत तथा मुख रोग विशेषज्ञ डा. प्रकाश बुढाथोकीले बताए ।
दाँत तथा मुख स्वस्थ राख्न बिहान बेलुकी खाना खाइसकेपछि फ्लोराइडयुक्त मन्जनले ब्रस गर्ने, अरु बेला पनि केही खाएपछि कुल्ला गर्ने तथा हरियो सागपात र रेसादार फलफूल तथा तरकारी समावेश सन्तुलित खाना खानुपर्ने उनको सुझाव छ । उहाँका अनुसार बालबालिका ३ वर्ष पुगेपछि हरेक ६–६ महिनामा दाँत परीक्षण गराउनुपर्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार