कुर्कुच्चा सुन्दर बनाउने भए …
काठमाडौँँ । कुर्कुच्चा फुटेर बाक्लो अनि कडा सेतो छालाको लेउ लाग्ने समस्याले अधिकांशलाई सताइरहेको हुन्छ । वृद्धवृद्धाहरूलाई मात्रै नभएर युवा तथा प्रौढहरूमा पनि यस्तो समस्या आउन सक्दछ । सबैले यसलाई ‘कुर्कुच्चा फुटेको’ भन्छन्, तर खासमा यो ‘फुटेको’ होइन। यहि नै शरीरको प्रतिरक्षा प्रणाली हो। तर यसलाई बेलैमा सफा नगरे, यसले विकराल रूप लिन सक्छ र निको नहुने गरी त्यहिँ टाँस्सिएर बस्न सक्छ । जब हाम्रो शरीरको कुनै अङ्ग र अर्को कुनै कडा वस्तुको नियमित घर्षण भइरहन्छ भने हाम्रो कोमल अनि नरम छालाले आपूmलाई त्यस वस्तुबाट बचाउनको लागि कडा छालाको रक्षात्मक बाँध लगाउँदछ। यो कडा छालालाई ‘क्यालस’ (अबििगक) भनिन्छ र यो विशेष गरी खुट्टा र हातमा आउने गर्दछ ।
यस्तो कडा छालालाई हटाउनको लागि समय लाग्न सक्छ, तर असम्भव भने छैन। केहि प्राकृतिक, सस्तो र घरेलु उपायहरू छन्, जसले हात र खुट्टाको क्यालसलाई हटाउनमा मद्दत गर्दछ ।
१. चिनी
आधा गिलास चिनी एउटा भाँडामा राख्नुहोस् । त्यसमा चिनीको आधा भागजति मनतातो पानी अथवा ग्लिसिरिन अथवा नरीवलको तेल राखेर घोल्नुहोस् र बाक्लो लेदो बनाउनुहोस्। यस मिश्रणमा पुदिना पनि मिसाउन सक्नुहुन्छ । यस मिश्रणलाई क्यालस लागेको कुर्कुच्चा अथवा फुटेको छालामा दैनिक लगाउँदा छालालाई नरम बनाउनको साथै सफा पनि बनाउँदछ।
२. भुइकटहर
भुइँकटहर तास्नेबित्तीकै त्यसको बोक्राले फुटेको छाला अथवा कुर्कुच्चालाई पूर्ण रूपमा ढाक्नुहोस् र नरम कपडाले बाँधिदिनुहोस् । केहि घण्टा पश्चात त्यसलाई परिवर्तन गर्नुहोस् र १ हप्तासम्म दैनिक यसो गर्नाले भुइँकटहरको बोक्रामा हुने इन्जाइम र एसिडले फुटेको ठाउँलाई निको बनाउँदछ ।
३. बेकिड्ड सोडा
फुटेको कुर्कुच्चालाई निको पार्ने सबैभन्दा राम्रो उपाय भनेको ‘मनतातो पानीले भिजाउनु’ नै हो । यसले कडा छालाई नरम बनाई निको हुन मद्दत गर्दछ । साथै १ गिलास मनतातो पानीमा ३ चम्चा बेकिङ्ग सोडा मिसाएर पनि कुर्कुच्चालाई त्यसमा डुबाउन सक्नुहुन्छ ।