ब्रेस्ट क्यान्सरबाट बच्ने भए …

२०७२ चैत्र २५ गते, बिहीबार

काठमाडौं । ब्रेस्ट क्यान्सरको खतरा तिब्रताका साथ बढिरहेको छ। जीवनशैली र तनावका कारण यो रोग कम उमेरमै महिलालाई सताउने गरेको छ। प्रस्तुत छ यो रोगबाट बच्ने आठ सजिलो तरिका–
१. आफ्नो तौल नियन्त्रणमा राख्नुस् । मोटोपनबाट क्यान्सरजस्ता रोगले चाँडै सताउने गर्दछ । हरेक दिन औषतः एक घण्टा वा सातामा कम्तीमा चार घण्टा कसरत गर्दा ब्रेस्ट क्यान्सरको खतरा कम हुन्छ । किनभने शारीरिक ब्यायम गर्दा रोग–प्रतिरोधक क्षमता बढ्ने गर्दछ । यसबाट हर्मोन निस्कन्छ, जसका कारण तनाव कम हुन्छ । रक्त प्रवाह सही रहन्छ ।
२. खानपिनमा विशेष ध्यान दिनुस् । डिब्बामा बन्द वा जंक फुडबाट टाढै रहनु राम्रो । सागपात, मेवा र फलफूल आफ्नो खानपिनमा समावेश गराउनुस् ।
३. मदिरा र धुमपानबाट टाढै रहनुस् । मदिरापानबाट ब्रेस्ट क्यान्सर मात्र होइन, लिभर, मुख र घाँटीको क्यान्सरको खतरासमेत बढ्ने गर्दछ । क्यान्सर उत्पन्न गराउने केमिकलहरुलाई टाढै राख्नुस् । केही कस्मेटिक्सले पनि शरीरको एन्डोक्राइन सिस्टम अर्थात हर्मोन्स नियन्त्रित गर्ने अंगलाई प्रभावित पार्दछ । यसबाट मोटोपन, टाइप–२ मधुमेह र ब्रेस्ट क्यान्सरको खतरा बढ्दछ।
४. रेडिएशन टेस्ट निकै आवश्यक पर्दा मात्र गराउनुस् । गर्भनिरोधक औषधि सेवनमा सावधानी अपनाउनुस् । यस्ता औषधिले शरीरको हर्मोनलाई प्रभावित पार्दछ । जसका कारण क्यान्सर हुने सम्भावना बढ्दछ ।
५. ब्रेस्ट फिडिङ अर्थात स्तनपान अवश्य गराउनुस । आमा बनेपछि स्तनपान नगराउँदा पनि ब्रेस्ट क्यान्सरको सम्भावना बढ्छ । समय समयमा स्तन चेक गराइरहनु राम्रो ।
६. राम्रो र भरपुर निदाउनुस् । यसबाट शरीर स्तन क्यान्सरजस्ता रोगसँग लड्नका लागि पनि तयार हुने गर्दछ ।
७. खानामा कालो खुर्सानी, लहसुन र बेसार आदि प्रयोग गर्नुस् । कालो खोर्सानीमा पैपरिन हुन्छ, यसले एन्टी क्यान्सरको कामसमेत गर्दछ । लहसुनले कार्सिनोजेनिक कम्पाउन्डर बन्न रोक्ने गर्दछ ।र, क्यान्सरबाट शरीरलाई सुरक्षा प्रदान गर्दछ ।
८. हरियो चिया पिउनुस । हरियो चियाबाट क्यान्सरको सेल्स बन्न रोकिन्छ । दिनमा तीन पटक हरियो चिया पिउँदा शरीरमा पूर्णरुपमा क्यान्सरको सेल्स बन्ने सम्भावना अन्त्य हुन्छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]