‘खेललाई सम्मान गर्छौ ‘

२०७२ चैत्र २७ गते, शनिबार

काठमाडौं, २७ चैत्र । नेकपा माओवादी निकट अनेरास्ववियू (क्रान्तिकारी ) बायोमेडिकल इन्जिनियरिङ्ग कलेजले “ राष्टिय स्वाधिनता, एकिकृत जनक्रान्ति र जनशिषाको लागि विद्यार्थी एकता ! सामाजिक रुपान्तरण र व्यक्तित्व विकासको लागि खेलकुद प्रतियोगिता !!” भन्ने मुल नाराका साथ साता व्ब्यापी खेलकुद प्रतियोगिताको आयोजना गरेको छ । उक्त बास्केटबल र हाजिरीजवाफ प्रतियोगिताको उद्घाटन शनिबार सङ्गठनका महासचिब दिपेन्द्र चलाउनेले गरे । सञ्चालन इकाइ अध्यष रामचन्द्र पुरी, अतिथिहरुमा केन्द्रिय कोषाध्य आस्था घिमिरे र केन्द्रिय सदस्य सदस्य नरेन्द्र विक रहेका थिए । प्रतियोगितामा छात्र तर्फ सात र छात्रा तर्फ तीन गरी दश टिमले सहभागिता जनाउने छन् । प्रतियोगिताको उद्घाटन गर्दै केन्द्रिय महासचिव दिपेन्द्र चलाउने भने “ यस्ता कार्यक्रमहरुले विद्यार्थीको मानशिक, शारीरिक विकासका अलवा सामजिकिकरण, सहकार्य र एकताको समेत पाठ सिकाउने छ । त्यसैले हाम्रो संगठन खेललाई सधै सम्मान गर्छ । ” उक्त कार्यक्रमलाई सम्बोधन गर्दै संङ्गठनकी केन्द्रिय कोषाध्य आस्था घिमिरेले भनिन् “ क्रान्तिकारीले आन्दोलन मात्रै होइन सृजनात्मक र विकासको काम समेत गर्ने गरेको छ । अब हाम्रो संगठन देशैभरीका सम्पूर्ण विद्यार्थीको माझ यस्तै सृजनात्मक काम लिएर जानेछ । ” साताव्ब्यापी खेलकुद प्रतियोगिताको पुरकारको रासी प्रथम, द्धितिय र तृतियलाई क्रमश दश हजार, आठ हजार र पाँच हजार राखिएको छ । केन्द्रिय सदस्य नरेन्द्र विक भने “किताबि पढाईको अलवा विद्यार्थी सचेत वर्ग भएको नाताले समग्र विश्वविद्यालयको भविष्यमा समेत ध्यान दिनु आवश्यक छ । «” उनले विगत लामो समय देखि विश्वविद्यालय सुधारको लागि क्रान्तिकारीले गरेको आन्दोलन र संघर्षको भुल्न नहुने आवश्यकता समेत बोध गराए ।

प्रतिक्रियाहरु

[anycomment]