जेलभित्रै आमरण अनसन
काठमाडौं, १८ बैशाख । नेकपा माओवादी निकट अखिल क्रन्तिकारीका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला संयोजक प्रकाश अधिकारी जेलभित्रै आमरण अनसनमा बसेका छन । उनलाई काठमाडौंका जिल्ला शिक्षा अधिकारी शङ्कर बहादुर गौतमलाई कालोमोसो दलेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । भ्रष्टचारीलाइ कावार्ही गर्दा पनि जेल बस्नु पर्ने राज्यका बिरुद्ध भन्दै उनि जेलिभत्रै अनसनमा बसेको अखिल क्रान्तिकारीका नेवा संयोजक नारायण नेपालले जानकारी दिएका छन । स्वयम्भू प्रहरी कार्यालयले शुक्रबार दिउँसो २ बजे स्वयम्भू क्षेत्रबाट अधिकारीलाई पक्राउ गरेको थियो ।
काठमाडौंका जिल्ला शिक्षा अधिकारी शङ्कर बहादुर गौतमलाई कालोमोसो दलेको आरोपमा उनलाई पक्राउ गरिएको थियाे ।
जिल्ला शिक्षा अधिकारी गौतमले शैक्षिक क्षेत्रमा अनियमितता गरेको , आर्थिक घोटला गरेको भन्दै नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले गत १५ गते कार्यकक्षमै प्रबेश गरि कालोमोसो दली जनकारवाही गरेको जनाएको थियो ।
पक्राउ परेका अधिकारिलाइ तत्काल रिहा गर्नुपर्ने माग गर्दै क्रान्तिकारीका नेवा संयोजक नेपालले भने ”राज्यले यस्तै दमनकारी निति अपनाए आफुहरु चुपलागेर नबस्ने बताए । र यसको परिणाम पनि निक्कै नराम्रो हुने बताए ” पछिल्लो समय राज्यले अनाबश्यक रूपमा प्रहरीले नेकपा माओवादीका नेता कार्यकर्ताहरुलाई अनेकौं बहानामा निग्रानी र गिरफ्तार गर्ने गरेकाे पनि अाराेप लगाए ।