प्याब्सन र पाठ्यक्रम विकास केन्द्रबीच भाले भिडन्त
काठमाडौ, २९ बैशाख । निजी तथा आवसीय विद्यालय अर्गनाईजेशन प्याब्सनले पाठ्यक्रम विकास केन्द्रलाई धम्किपूर्ण पत्र पठाएको छ । आफ्नो पब्लिकेशनको किताब बेच्न नपाएको झोँकमा प्याब्सनले सो धम्किपूर्ण पत्र पठाएको बुझिएको छ । पाठ्यक्रम विकास केन्द्रमा सुचिकृत नै नभएको ‘पी पब्लिकेशन’ का नामबाट प्रकाशित पाठ्यपुस्तक बेच्न नपाउनुलाई प्याब्सनले ‘संस्थाको गरिमा र प्रतिष्ठामा समेत असर पर्न गएको’ जनाएको छ । जबकी उक्त पब्लिकेशनलाई केन्द्रले किताब छाप्ने अनुमति नै दिएको छैन । उक्त पब्लिकेशनको काम गैह्र कानूनी भएको भन्दै एक महिना अघिनै शिक्षा मन्त्रालयको कानून शाखामा केन्द्रले फाईल पेश गरेको छ ।
आफैंले पाठ्यपुस्तक बेचेर कमिसन बापत कुस्त रकम असुल्न नपाए पछि निजी विद्यालय सञ्चालकहरुले आफ्नै लगानीमा पब्लिकेशन खोलेर ’चोरबाटो’बाट पाठ्यपुस्तक बेच्न थालेका थिए । केन्द्रमा सुचिकृत नै नभएको ‘पी पब्लिकेशन’ का नामबाट प्रकाशित पाठ्यपुस्तक बाध्यतात्मक रुपमा विद्यार्थीलाई बिक्री गरिरहेको खबर यस अघि नै सार्वजनिक भईसकेको थियो ।