नेपालमा पनि ‘जिका’ भाइरस फैलने सम्भावना

२०७३ बैशाख २९ गते, बुधबार

काठमाडौं, २९ वैशाख । विश्व स्वास्थ्य संगठनले डेंगी भाइरसको संक्रमण भएको ठाउँमा जिका भाइरस फैलने सम्भावना उच्च हुने भन्दै नेपाललाई पनि प्रचार र अनुगमनका लागि तयार रहन आग्रह गरेको छ । गर्मी महिना सुरु भएसँगै नेपालमा पनि जिका भाइरस फैलने सम्भावना उच्च हुने भन्दै विश्व स्वास्थ्य संगठनले जिका भाइरसको संक्रमणबाट बच्न जनचेतनामूलक प्रचारप्रसार र अनुगमनका लागि तयार रहन टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई सचेत गराएको हो । नेपालमा डेंगी भाइरसको संक्रमणको जोखिम उच्च रहेको र यसकै कारण जिका भाइरस फैलनसक्ने भन्दै उच्च सतर्कता अपनाइएको इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]