हिसानको महाधिवेशन हुँदै

२०७३ बैशाख ३० गते, बिहीबार

काठमाडौ, ३० बैशाख । आजदेखि निजी उच्च माध्यमिक विद्यालयको छाता सङ्गठन उच्च माध्यामिक विद्यालय सङ्घ (हिसान) को सातौँ राष्ट्रिय महाधिवेशन काठमाडौमा शुरु भएको छ । महाधिवेशनमा देशभरका नीजि उच्च माध्यमिक संचालकका करिब ७ सय प्रतिनिधि तथा पर्यवेक्षकहरु सहभागी भएका छन् । महाधिवेशनमा उच्च माध्यमिक विद्यालयका समस्या, चुनौती र अवसर तथा शैक्षिक र प्राज्ञिक मुद्दाहरूमा छलफल गरिने हिसानले जनाएको छ ।
भोलि सकिने तय गरिएको महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष–एक, उपाध्यक्ष पाँच, क्षेत्रीय उपाध्यक्ष पाँच, महासचिव एक, सचिव ६ जनासहित ४७ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्नेछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार