अनेरास्ववियु ५२ औं स्थापना दिवस मनाउँदै

२०७३ जेष्ठ १ गते, शनिबार

काठमाडौ, १ जेठ । अनेरास्ववियुले आज आफ्नो ५२ औं स्थापना दिवस विभिन्न कार्यक्रम मनाउँदैछ । दिवसको सन्दर्भमा अहिले बिहान प्रदर्शनी मार्गबाट वसन्तपुरसम्म -याली गर्दैछन् । शैक्षिक प्रमाणपत्र राखेर ऋण दिने सरकारको निर्णय तत्काल कार्यान्वयन गर्ने माग गर्दै एकहजार जनाले हातमा सर्टिफिकेट बोकेर -यालीमा सहभागी हुँदैछन् । -याली वसन्तपुरमा पुगेर त्यहाँ सरसफाइ गरिने बताइएको छ । यसैगरी अनेरास्ववियको कार्यसमितिको पहिलो बैठक भोलिदेखि धुलिखेलमा शुरु हुने बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]