झुक्केर पनि नफाल्नुस मेवाको बियाँ
काठमाडौ, ४ जेठ । हामोले मेवा खाने क्रममा त्यसको बियाँ फाल्ने गरेका छौ । तर अब देखि अबस्यपनि त्यस्तो गर्ने छैनौ किनकि मेवाको बियाँमा धेरै औषधिको गुण हुने विभिन्न अध्ययनले देखाएका छन् । मेवाको बियाँले कलेजोको समस्याबाट बचाउनुका साथै आन्द्रासम्बन्धी अन्य समस्या निको पार्छ । मेवाको बियाँ स्वादमा अलि तितो हुने भएकाले मानिसहरुलाई मन नपर्न पनि सक्छ । त्यसैले त्यसलाई पिसेर लेदो बनाएर खान सकिन्छ । बियालाई सलादमा मिसाएर पनि खान सकिन्छ । दुध चुसाउने आमा र बालबालिकालाई भने बियाँ खुवाउनु हुँदैन ।
यसमा हुने पापिन नामको तत्वले पाचन प्रणालीलाई सहयोग गर्छ । यसले आन्द्रामा भएका किरा मारिदिन्छ । यो प्राकृतिक गर्भनिरोधी मानिन्छ । यसले पुरुषको उर्वरता घटाउँछ । शरीरभित्र हुने निश्चित प्रकारका क्यान्सरका कोषको वृद्धिलाई मेवाको बियाँले नियन्त्रण गर्छ । यस्तै, जोर्नीसम्बन्धी समस्या, खुट्टा सुन्निने र कुनै निश्चित प्रकारका पीडालाई निको पार्छ ।
मेवाको बियाँले स्ट्याप, इकोली र खतरनाक सालमोनेला लगायतका व्याक्टेरिया मारिदिन्छ । यसले टाइफाइड, डेंगू र अन्य भाइरस संक्रमणलाई पनि निको पार्छ । कागतीको जुससँग खाँदा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यो मिर्गौलाको स्वास्थ्यका लागि पनि हितकर हुन्छ ।- एजेन्सी