परवल खाँदाका फाइदाहरु
काठमाडौं, १२ जेठ । गर्मी मौसममा तरकारीको विकल्प कमै हुन्छ । केही तरकारी यस्ता पनि हुन्छन् जो मौसममा सहजै मिल्छन् । परवल गर्मीमआ पाइने एउटा उत्तम विकल्प हो । परवलको सबैभन्दा ठूलो खुबी लामो समयसम्म ताजा रहनु पनि हो । परवलमा भिटामिन ए, भिटामिन बी–१, भिटामिन बी–२, भिटामिन सी भरपुर मात्रामा पाइन्छ । यसका साथै यो क्याल्सियमको पनि राम्रो स्रोत हो । यसको बोक्रामा म्याग्निशियम, पोटाशियम, फस्फोरस पनि भरपुर मात्रामा हुने गर्दछ ।
परवल खाँदा हुने फाइदाहरु
– परवल छालासँग सम्बन्धित समस्याहरुमा विशेषगरी लाभदायी हुन्छ । परवलमा रहेको बिज कब्जियत र पाँचनसँग सम्बन्धित समस्याका लागि लाभदायी मानिन्छ । डायबिटिजका रोगीलार्ई परवल खाने सल्लाह दिने गरिन्छ ।
– परवलमा रहेको एन्टी–अक्सिडेन्ट बढ्दो उमेरका लक्षणलार्ई कम गर्न पनि सहयोगीसिद्ध हुने गर्दछ । यसले अनुहारको चाउरीपना हटाउनसमेत सहयोग गर्दछ ।
– परवलले इम्युन सिस्टमलार्ई राम्रो बनाउन पनि सहयोग गर्दछ । यो ज्वरो, रुघाखोकी, स्कीन इन्फेक्सन र चोट चाँडो भर्न पनि सहयोगी हुन्छ ।
– यदि तपाईको बालबच्चालार्ई भोक नलाग्ने समस्या छ भने परवलको तरकारी खुवाउनुस् । परवलको प्रयोगबाट पेटमा रहेका किराहरु पनि मर्ने गर्दछन् ।
– परवलमा परपुर मात्रामा डाइट्री फाइबर्स पाइन्छ । जुन पाचनतन्त्रलार्ई सही रुपमा राख्न सहयोगी सावित हुने गर्दछ ।
– परवलको लेपले पेनकिलरको जस्तो कामसमेत गर्दछ । – एजेन्सी