आज विश्व थाइराइड दिवस
काठमाडौ, १२ जेठ । आज विश्व थाइराइड दिवस, विश्व स्वास्थ्य संगठनको आह्वानमा प्रत्येक वर्ष मे २५ मा मनाइने यो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । दिवसका अवसरमा सरकारी तथा यसमा काम गर्ने नीजि गैरसरकारी संस्थाहरुले र्यालीलगायत जनचेतनामूलक कार्यक्रम, छलफल तथा स्वास्थ्य शिविर गरिंदैछ । पछिल्लो १०÷१५ वर्ष यता नेपाल थाइराइडका बिरामीहरु बढ्दै गएका छन् । महिलाहरुमा यो रोग बढी देखिएको पनि विभिन्न अस्पतालहरुको तथ्यांक छ ।
विशेष गरी मिसावटयुक्त खाना र वंशाणुगत कारणले यो रोग लाग्ने गरेको चिकित्सकहरु बताउँछन् । हाइपोथाइरिजमको समयमै उपचार नभए मस्तिष्क, मुटुलाई असर गर्ने, बाँझोपन हुने बेहोस भएर ढल्ने खतरा हुन्छ भने हाइपोथाइरोडिजम (हर्मोन बढी हुने) भएमा मुटुको चाल गडबड भएर मानिसको मृत्यु पनि हुन सक्ने सम्भावना रहेको चिकित्सकहरुको भनाइ छ ।