आज महिनावारी सरसफाइको विश्व दिवस
काठमाडौ, १५ जेठ । आज महिनावारी सरसफाइको विश्व दिवस, नेपालमा पनि सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले विभिन्न कार्यक्रम गर्दैछन् ।
विशेष गरी महिला स्वास्थ्य र सरसफाइका क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले महिनावारीका बेला अपनाउने सरसफाइका बारेमा जनचेतनामूलक कार्यक्रम गरी मनाईंदैछ । तर नेपालमा महिला अधिकारका क्षेत्रमा काम गर्ने केही संघसंस्थाहरुले भने यसलाई सरसफाइका साथै महिनावारी हुँदा गरिने छुवाछुत विरुद्ध जनचेतनामूलक कार्यक्रम पनि गर्ने गरेका छन् ।