अक्सिजनको सट्टा बेहोस हुने ग्यास दिएपछि…

२०७३ जेष्ठ १७ गते, सोमबार

काठमाडौँ, १७ जेठ । भारतको मध्य प्रदेशको इन्दौरस्थित सबैभन्दा ठुलो सरकारी अस्पतालमा अस्पतालको लापरवाहीका कारण दुई जना बच्चाको ज्यान गएको छ। यशवंत राव अस्पतालमा बच्चालाई अक्सिजनको सट्टा नाइट्रस अक्साइड ग्यास दिएपछि उनीहरुको मृत्यु भएको छ। अस्पताल जुन अपरेशन थियटरमा बालबालिकाको मृत्यु भयो, त्यो पाँच दिन पहिला मात्र सुरु गरिएको थियो । बच्चाको मृत्युपछि अपरेशन थियटर सिल गरिएको छ। साथै छानविन समितिसमेत गठन गरिएको छ ।
साथै अपरेशन थियटर बनाउनेविरुद्ध मुद्दा दर्ता गरिएको छ। अस्पतालका डाक्टर सुमित शुक्लाले भने–हामीलाई लाग्छ कि जुन अक्सिजन र नाइट्रसको लाइन आइरहेको थियो, त्यसमा केही गडबडी छ ।
उनले भने–हामीले घटना दर्ता गराएका छौ । हामी चाहन्छौ कि प्रहरीले यसको निष्पक्ष छानविन गरोस् ।
अस्पतालको उजुरीमा अपरेशन थियटर निर्माण गर्ने ठेकेदारलाई पक्राउ गरिएको छ। उनीविरुद्ध लापरबाही र उद्देश्यविहीन हत्याको आरोपमा मुद्दा लगाइएको छ। – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]