आज विश्व धुमपानविरुद्धको दिवस
काठमाडौ, १८ जेठ । आज विश्व धुम्रपान विरुद्धको दिवस, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को आह्वानमा प्रत्येक वर्षको मे ३१ मा यो दिवस मनाउने गरिएको छ । आज नेपालमा पनि यस क्षेत्रमा काम गर्ने संघसंस्थाले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । यो वर्ष दिवसको नारा ‘सुर्तीजन्य पदार्थको प्याकेटलाई सादा बनाऔं’ भन्ने नारा तय गरिएको छ । डब्लुएचओका अनुसार विश्वमा एक अर्ब मानिसले धुम्रपान गर्छन् भने ६० लाख मानिसले अकालमा ज्यान गुमाउने गरेका छन् । नेपालमा पछिल्लो अध्ययन भएको छैन तर १० वर्ष अघिको एक अध्ययनले करिब ५६ दशमवल ५ प्रतिशत पुरुष र १९ दशमवल ५ प्रतिशत महिलाले धुम्रपान गर्ने गरेको पाइएको थियो ।