क्यान्सर रोग पत्ता लगाउने मेसिन नेपाल भित्रियो

२०७३ जेष्ठ २५ गते, मंगलवार

काठमाडौं, २५ जेठ । क्यान्सर रोग पत्ता लगाउने मेसिन नेपाल भित्रिएको छ । सुरिया डाइगोनोस्टिक प्रालिले सो मेसिन नेपाल भित्र्याएको हो । सुरिया डाइगोनोस्टिक प्रालिले क्यान्सर रोग लागे/नलागेको र क्यान्सर कुन तहसम्म पुगेको छ भनी निक्र्यौल गर्ने मेसिन भित्र्याएको दाबी गरेको छ । ‘पोजिट्रोन इमिसन टोमोग्राफी’ नामक यो मेसिन नेपालमा पहिलोपटक भित्र्यााएको दाबी पनि सो प्रालिले गरेको छ ।
क्यान्सर परीक्षण गर्ने उपयुक्त मेसिनको अभावमा वर्सेनि १५ हजार मानिस भारत जाने गरेकामा अब सोक्रम रोकिने सुरिया डाइगोनोस्टिक प्रालिका प्रमुख डा. क्रितान्जली कोइरालाले बताइन् ।
भारतको चेन्नईस्थित सुरिया हस्पिटल र सुरिया डाइगोनोस्टिकको संयुक्त लगानीमा यो सेवा सुरु गरिएको जनाइएको छ । सो मेसिन सन्चालन गर्न भारतबाटै चिकित्सक ल्याइएको पनि जनाइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]