आज बालश्रमबिरुद्धको विश्व दिवस

२०७३ जेष्ठ ३० गते, आईतवार

काठमाडौ, ३० जेठ । आज जुन १२ अर्थात बालश्रम बिरुद्धको विश्व दिवस । नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदै छ । उत्पादन तथा आपुर्ति शृंखलामा बालश्रमको अन्त्य गरौ भन्ने मुल नाराका साथ यो दिवस मनाउन लागिएको हो । सरकारको पछिल्लो सर्वेक्षण प्रतिवेदन अनुसार नेपालमा ५ देखि १७ बर्ष उमेर समुहका बालबालिकाको संख्या ७७ लाख ७० हजारमद्ये ३१ लख ४० हजार बालबालिका रोजगारीमा संलग्न रहेको देखिएको छ ।
त्यसमध्ये १८ लाख बालबालिकाहरु नियमित श्रम गर्ने गर्दछन् । साढे ६ लाख बालबालिका निकृष्ट श्रममा रहेको सरकारको तथ्यांक छ । बालभरिया, सडक बालबालिका, बँधुवा बालश्रमिक, घरेलु श्रमिक, कोइला तथा खन्य खानीमा काम गर्ने, गलैचा वा ईट्टा उद्योग र श्रमका लागि बेचबिखनमा पर्ने बालबािलकालाई जोखिमयुक्त बालश्रमिक भनि परिभाषित गरिएको छ ।
बालश्रम निवारणका लागि नेपालले महासन्धिमा हस्ताक्षर गरेको २५ आँै बर्ष भएपनि कार्यान्वयन अवस्था कमजोर रहेको बालअधिकारकर्मीको ठम्ब्याई छ ।

प्रतिक्रियाहरु

[anycomment]