‘डी प्लस’ ल्याउनेले मात्र कक्षा ११ पढ्न पाउने
काठमाडौ, ३१ जेठ । सरकारले एसएलसी परीक्षामा कसैलाई पनि अनुत्तीर्णको प्रमाणपत्र नदिने भने पनि डी र ई ग्रेड ल्याउनेले कक्षा ११ मा भर्ना नपाउने नीतिबाट अघोषित रुपमा त्यस्ता विद्यार्थी अनुत्तीर्ण भएको विश्लेषणा शिक्षाविदहरुको छ ।
अक्षराङ्कन पद्धति लागू भएपति उच्च माध्यामिक तहको भर्ना सम्बन्धमा सुझव दिन गठित समितिले उच्च माध्यामिक शिक्षा परिषदसमइा यस्तो सिफारिस गरेको छ ।
परिषद्का सहसचिव दुर्गा अर्यालको संयोजकत्वमा गठित पाँच सदस्यीय सुझव समितिले दिएको सिफारिसका आधारमा सोमबार शिक्षा मन्त्रालयले कार्यान्वयनको निर्णय गर्ने भएको छ । सुझाव समितिले विज्ञान र प्राविधिक विषय बाहेकमा कक्षा ११ मा भर्ना हुन एसएलसी परीक्षामा प्त्येक विषयमा कम्तीमा डी प्लस ल्याउनैपर्ने सिफरि गरिएको परिषद्का उपाध्यक्ष चैतन्य शर्माले जानकारी दिए ।