नक्कली डाक्टरविरुद्ध ठगी मुद्दा चलाइने

२०७३ असार ५ गते, आईतवार

काठमाडौँ, ५ असार । प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंज, नेपाल मेडिकल काउन्सिल र उच्च माध्यामिक शिक्षा परिषद्द्धारा संयुक्त रुपमा गरिएको छानविन पश्चात व्यूरोबाट नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा चिकित्सक भएकाहरु तथा अन्य चिकित्सकको एनएमसी दर्ता नम्वर प्रयोग गरी चिकित्सकिय सेवा प्रदान गर्ने विरुद्ध गरिएको अपे्रशन क्वाक अन्तर्गत शुक्रबार विभिन्न स्थानहरुबाट ३६ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले काठमाडौँबाट पुरुष ८, महिला ५, ललितपुरबाट पुरुष २, झापाबाट पुरुष १, सुनसरीबाट पुरुष १, मोरङबाट पुरुष ३, धनुषाबाट पुरुष २, पर्साबाट पुरुष ९, चितवनबाट पुरुष २, महिला १, कास्कीबाट पुरुष १ र दाङबाट पुरुष १ लाई नियन्त्रणमा लिइएको हो । उनीहरुलाई जिल्ला अदालत काठमाडौमा ठगी मुद्धामा म्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार