नाफा कमाउने एम्बुलेन्स अनुसन्धानको दायरामा

२०७३ असार १४ गते, मंगलवार

काठमाडौ, १४ असार । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र सञ्चालनमा आएका एम्बुलेन्स सेवामुखी नभई बिरामी बोक्ने एम्बुलेन्समा समेत दलाल सक्रिय हुने गरेको व्यापक गुनासो सञ्चार माध्ययमहरुमा सामाचार प्रसारण भएपछि एम्बुलेन्स तथा शव वाहन अनुगमन समिति सुनसरीले प्रतिष्ठानको हाताभित्र राखिएका एम्बुलेन्सको अनुगमन गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीको मातहतमा जिल्लाका नेपाल रेडक्रस सोसाइटी तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी धरानको टोलीले प्रतिष्ठानको हाताभित्र पार्किङ्गमा राखिएका १५ वटा एम्बुलेन्समा अनुगमन गरेको हो । अनुगमन गरिएका अधिकांश एम्बुलेन्स मापदण्ड विपरीत पाइएको अनुगमन समितिका सदस्य किशोर भण्डारीले बताए । उनले अहिले सञ्चालनमा आएका एम्बुलेन्स नियमविपरीत, विना प्रक्रिया चलेको पाइएको बताए । लामो समयदेखि एम्बुलेन्स अनुगमन नगर्दा धेरैले अनाहकमा दुःख पाएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाइको संयोजकत्वमा जेष्ठ १० गते जिल्ला स्तरीय एम्बुलेन्स तथा शववाहन अनुगमन समिति–२०७३ गठन गरी एम्बुलेन्स अनुगमनलाई तिब्रता दिइएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]