अवैध रुपमा विषको व्यापार
काठमाडौ, २० असार । जिल्ला विषादी अनुगमन ब्यस्थापन समिति पोखराले अनुगमनको क्रममा विना इजाजत विषको ब्यापार भएको भेटिएको जनाएको छ । हिजो पोखराको रानीपौवादेखि काहुँखोलासम्म ६ वटा खुद्रा विषादी विक्रेता पसलमा गरेको अनुगमनमा दाना सप्लार्यसमा बिना इजाजत विषादी बेचेको भेटिएको जिल्ला कृषि विकास कार्यलय कास्कीका प्रमुख रमेश प्रसाद कोइराले बताए । उनले माटेपानीमा रहेको विपि सप्लायर्स र जिपि सप्लार्यसमा विना इजाजत दाना पसलबाट विषादी बेचेको भेटिएको बताए । इजाजत हुँदासमेत दाना र विष एकै ठाउँबाट बेच्न नमिल्ने बताउँदै कोइरालले विना इजाजत विष र दाना एकै ठाउँबाट विक्री गर्दा ठुलो दुर्घटान हुन सक्ने बताए । उनले तरकारी च्याउ नजिकै विष राखेर विक्री गरेको पाइएको पनि जानकारी दिए ।
यसैबीच आधुनिक कृषि ब्यापार केन्द्र रानीपौवा, सागर नर्सरी केन्द्र तथा कृषि फार्मलगायतले नविकरण नगरेको भेटिएको अनुगमन सहभागी जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत सुरेशचन्द्र कोइरालाले बताए । उनले एक हप्ताभित्र दर्ता प्रक्रिया र नविरकणमा नआए र नियमसंगत तरिकाले पसल सञ्चालन नगरे कानुन अनुसार कार्बाही गरिने बताए ।