पीआर लिने शिक्षकको खोजी हुदै

२०७३ असार २८ गते, मंगलवार

काठमाडौ, २८ असार । शिक्षा मन्त्रालयले विदेशी मुलुकमा स्थायी बसोबास अनुमति (पीआएर) लिएर बसेका शिक्षकको खोजी गर्न थालेको छ। विदेशमा स्थायी बसोबासको अनुमति लिएका शिक्षकलाई सेवाबाट बर्खास्त गरिने हालै प्रमाणीकरण भएको शिक्षा ऐन आठौं संशोधनमा उल्लेख छ। मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालका अनुसार यस्ता शिक्षकको विवरण संकलन गर्न शिक्षा विभागलाई निर्देशन दिइएको छ।
ऐन अनुसार सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले यसअघि डीभी पिआर वा अन्य कुनै किपिसमका स्थायी आवासिय अनुमति लिएको पाइएमा त्यस्ता शिक्षक कर्मचारीलाई भविष्यमा समेत अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिनेछ। तर ऐन प्रारम्भ भएको मितिले ६० दिनभित्रमा आफूले लिएको स्थायी आवासीय अनुमति तथा अनुमतिका लागि दिएको निवदेन रद्द गर्न सम्बन्धित मुलुकमा लिखित अनुरोध गरेको प्रमाण सम्बन्धित विद्यालयमा पेस गरेमा सजायबाट जोगिने व्यवस्था छ । – अन्नपूर्ण पोस्टवाट

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार