अखाद्य फ्रुटी भेटिएपछि दुगड फ्रुड एन्ड वेभरेज प्रालिमा सिलबन्दी

२०७३ श्रावण ५ गते, बुधबार

काठमाडौं, ५ साउन । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र उपभोक्ताकर्मीसहितको अनुगमन टोलीले अखाद्य फ्रुटी उत्पादन गरेको भन्दै काठमाडौंको सतुंगलस्थित दुगड फ्रुड एन्ड वेभरेज प्रालिमा सिलबन्दी गरेको छ । दुगड वेभरेज प्रालिमा खाना अयोग्य २ लाख फ्रुटी मौज्दात राखेको भेटिएको आपूर्ति विभागले जनाएको छ । “फ्रुटीमा भेटिएको केमिकल अखाद्य भेटियो,” अनुगमन टोलीका संयोजक तथा विभागका शाखा अधिकृत रामचन्द्र काफ्लेले भने, “फ्रुटीसहितको बट्टा चारपाटे हुनुपर्नेमा डोलो भेटिएको छ, यो अखाद्यवस्तु नै भएकाले यस्तो देखिएको हो ।” फ्रुटीको नमुना परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाइएको छ । प्रालिलाई विभागमा उपस्थित हुनसमेत निर्देशन दिएको विभागले जनाएको छ । टोलीले अखाद्य फ्रुटी तत्काल नष्ट गर्नसमेत निर्देशन दिएको छ । कम्पनीले भने भर्खरै नयाँ प्लान्ट जडान गरी उत्पादन गर्दा यस्तो त्रुटि भएको र बजारमा पुगेको सामान उठाएर नष्ट गर्न लागेको दाबी गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]