३ कक्षामा पढ्नेले अक्षर चिन्दैनन् !

२०७३ श्रावण २१ गते, शुक्रबार

काठमाडौं, २१ साउन । बैतडी जिल्लामा कक्षा ३ मा पढ्ने ११.७ प्रतिशत विद्यार्थी अक्षर नचिन्ने रहेको खुलासा भएको छ । प्रारम्भिक तह पढाइ कार्यक्रमअन्तर्गत सफ्ट्वेयरका माध्यमबाट विद्यार्थीको सिकाइस्तर मापन गर्दा यस्तो तथ्याङ्क देखिएको हो । यसमा खास गरेर नेपाली विषयमा स्वर तथा व्यञ्जन अक्षरको सामान्य चिनारीका बारेमा विद्यार्थीको सिकाइको स्तर मापन गरिएको बताइएको छ । शिक्षाका लागि खाद्य कार्यक्रम सञ्चालन भएका ३६ ओटा गाविसका एक हजार २९१ विद्यार्थीको सिकाइस्तर मापन गर्दा ११.७ प्रतिशत विद्यार्थी अक्षर नचिन्ने फेला परेको विश्व शिक्षाका जिल्ला कार्यक्रम संयोजक पदम धामीले बताए ।
कक्षा १ का ५६१, कक्षा २ का ३८८ र कक्षा ३ का ३४२ विद्यार्थीको सिकाइको स्तर मापन गरिएको उनले बताए । कक्षा २ मा ३१.२ प्रतिशत विद्यार्थी अक्षर नचिन्ने रहेका छन् भने कक्षा १ मा ७९.५ प्रतिशत विद्यार्थी अक्षर नचिन्ने रहेको बताइएको छ ।
निरन्तर विद्यार्थी मूल्याङ्कनको महत्व नबुझ्नु, बालबालिकाको पढाइप्रति अभिभावकको ध्यान नजानु, कक्षाकोठाको कमजोर व्यवस्थापनका कारण विद्यार्थीको सिकाइ उपलब्धि कमजोर देखिएको हो । कक्षा ३ मा खरर्र अक्षर चिन्न सक्ने १४.७ प्रतिशत रहेका छन् भने अकमकिएर अक्षर चिन्न सक्ने ११.७ प्रतिशत रहेका छन् ।
यसैगरी, बिस्तारै अक्षर चिन्न सक्ने ६१.९ प्रतिशत परीक्षार्थी रहेको बताइएको छ । विद्यार्थीको सिकाइ उपलब्धि मापन गरिसकेपछि सिकाइ उपलब्धि बढाउनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिएको र त्यसपछि मध्यावधि मूल्याङ्कन गरिने कार्यक्रम संयोजक धामीले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एसईई नतिजा असार तेस्रो साता

२०८२ असार ३ गते, मंगलवार

आज विश्व रक्तदाता दिवस

२०८२ जेष्ठ ३२ गते, शनिबार