नातिको खेल हेर्दा हजुरआमा ठहरै
काठमाडौं, २६ साउन । थाइल्यान्डमा ८४ वर्षीय एक हजुरआमाको नातिको खेल हेर्दा निधन भएको छ। रियो ओलम्पिकमा थाइल्यान्डबाट ५६ केजीको तौल समूहमा भिडेका भारत्तोलक सिन्पेत क्रुइतथोङकी हजुरआमाको सोमबार नातिको खेल हेर्ने क्रममा निधन भएको हो ।
सिन्पेतले आफ्नौ तौल समूहमा कास्य जितेका थिए। उनकी हजुरआमा सुबिन खोङथापको निधन भएको पुष्टी स्थानीय पुलिस अधिकारीले गरे। ‘सुरुवातको रिपोर्ट अनुसार उनको निधन हद्यघातका कारण भयो भन्ने छ । तर, हामी अस्पतालको पोस्टमार्ट्म रिपोर्टपछि मात्र केही भन्न सक्छौं,’ पुलिस अधिकारी सोमवाङ प्राङ्गप्राकोनले बताएका छन्–‘उत्साही बन्दा उनको हद्यघात भएर मृत्यु भयो भन्ने कुरामा म विश्वस्त भइसकेको छुइन। उनी पहिलेदेखि विरामी परेको पनि हुन सक्छ।’
सिन्पेतले रियो ओलम्पिकमा कूल २ सय ८९ केजी तौल उठाउदै चीनका लोङ क्विङक्विन र ओमयुन–चोलपछि कास्य जितेका थिए ।