नेवि सङ्घको निर्वाचन कार्यक्रम सुरु हुदै
काठमाडौ, ३० साउन । नेपाल विद्यार्थी सङ्घको ११ औँ महाधिवेशनको निर्वाचन कार्यक्रम आजदेखि सुरु हुने भएको छ । महाधिवेसन सुरु भएको १० दिन पछि मात्रै निर्वाचन प्रक्रिया सुरु हुन लागेको हो । काँग्रेसले गठन गरेको विवाद समाधान निर्देशक समितिले समस्या समाधान गरेपनि महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गर्न ढिलाइ हुँदै आएको छ । निर्वाचन कार्यतालिका अनुसार आज नामावली प्रशासन र मनोनयन दर्ता हुनेछ ।
भोलि दाबी विरोध, फिर्ता र अन्तिम नामावली प्रकाशन पछि पर्सी मतदान हुनेछ । महाधिवेशन प्रतिनिधिमा विवाद हुँदा बन्दसत्र न नभई निर्वाचन हुन लागेको हो । पर्सी पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ७ देखि साँझ ७ बजेसम्म निर्वाचन हुने गरी कार्यतालिका सार्वजनिक गरिएको छ ।
साउन २३ गते काँग्रेस सभापति शेरबहादुर देउवाले भृकुटीमण्डपमा उद्घाटन गरेको महाधिवेशनको बन्दसत्र भने सुरु हुन सकेको छैन । विसं २०६४ जेठपछि हुन लागेको महाधिवेशन बन्दसत्र नगरी नेतृत्व चयनमा जाने तयारी भएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन कार्यक्रम
१. महाधिवेशन प्रतिनिधिहरुको नामावली प्रकाशन :– २०७३ श्रावण २९ गते साँझ ९ः०० वजे ।
२. उम्मेदवारको मनोनयन दर्ता :– २०७३ श्रावण ३० गते दिनको ३ः०० वजेदेखि साझ ६ः०० वजेसम्म ।
३. उम्मेदवारको पहिलो नामावली प्रकाशन :– २०७३ श्रावण ३० गते वेलुकि ७ः३० बजे ।
४. उम्मेदवारको नाम वर्णानुक्रम अनुसार भए नभएकोमा दावी संशोधन माग गर्ने समय :२०७३ श्रावण ३१ गते विहान १०ः०० बजेदेखि १०ः३० बजेसम्म ।
५. दोस्रो उम्मेदवारको नामावली प्रकाशन २०७३ श्रावण ३१ ग्ते विहान ११ः३० बजे ।
६. उम्मेदवारको मनोनयन पत्रमा दावी विरोध : २०७३ श्रावण ३१ गते दिउसो १२ः३० बजेदेखि ३ः३० बजेसम्म ।
७. दावी विरोध उपर जाँचवुझ पछिको उम्मेदवारीको नामावली प्रकाशन : २०७३ श्रावण ३१ गते दिनको १ः०० बजे ।
८. उम्मेदवारीको नाम फिर्ता : २०७३ श्रावण ३१ गते दिनको १ः३० बजेदेखि ५ः३० वजेसम्म ।
९. उम्मेदवारको अन्तिम नामावली प्रकाशन : २०७३ श्रावण ३१ गते साँझ ६ः०० बजे ।
१०. मतदान : २०७३ श्रावण ३२ गते विहान ०७ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालय वी.पी. नगरमा हुनेछ ।
११. मतगणना ” मतदान समाप्त भएपछि लगत्तै गरिनेछ ।