फोटो पत्रकारको बिमा गर्न माग

२०७३ भाद्र ३ गते, शुक्रबार

काठमाडौँ, ३ भदौ । १ सय ७७ औँ विश्व फोटोग्राफी दिवसका अवसरमा आयोजित अन्तरव्रिmयामा बोल्ने वक्ताहरुले पत्रकारितामा फोटोको महत्त्वसँगै चुनौतीहरु बढ्दै गएको भन्दै पत्रकारहरुको बिमा गरिनुपर्ने माग गरेका छन् । फोटो पत्रकारितालाई व्यावसायिक बनाउनुपर्नेमा समेत सहभागी पत्रकारहरुको जोड थियो । प्रविधिको विकाससँगै चुनौती र अवसरबिच द्वन्द्वको अवस्था सिर्जना गरेको सहभागीहरुले बताएका छन् । एउटै फोटोले हजारौँ शब्दभन्दा शक्तिशाली काम गरे पनि फोटो पत्रकारितामा जोखिम पनि उत्तिकै मात्रामा रहेको उनीहरुको भनाइ थियो । फोटो पत्रकारलाई मिडिया हाउस र आम जनताले सहज विधाका रुपमा लिँदा यस क्षेत्रमा लाग्ने श्रमजीवी पत्रकारको उचित सम्मान हुन नसकेकोमा वक्ताहरुको गुनासो थियो ।
राष्ट्रिय फोटो पत्रकार समुह कास्कीले आज पोखरामा आयोजनामा फोटो पत्रकारिताको महत्त्व र चुनौती विषयक अन्तरक्रियामा बोल्दै नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले मिडिया सञ्चालकहरुले लाखौँ रुपैयाँ लगानी गरेर हाउस सञ्चालन गरे पनि फोटो पत्रकारिताको महत्त्व नबुझ्दा समस्या उत्पन्न भएको बताए ।
सन् १८३९ अक्टोबर १९ बाट विश्वमा फोटोग्राफी दिवस मनाउन थालिए पनि नेपालमा भने नेपालमा वि. सं. १९८४ वैशाख १३ गते गोरखापत्रका पहिलो पटक समाचारमूलक तस्बिर छापिएको दिनलाई फोटो पत्रकारिता दिवसका रुपमा मनाउने गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार