जापानी औषधि नेपाल भित्रियो

२०७३ भाद्र ४ गते, शनिबार

काठमाडौं,४ भदौ । जापानी बहुराष्ट्रिय कम्पनी रोहतो–मेन्थोलातमको औषधिजन्य उत्पादन नेपाली बजारमा पनि भित्रिएको छ । कम्पनीले नेपालको आधिकारिक विक्रेता बिके ग्रुपलाई नियुक्त पनि गरेको जनाएको छ । कम्पनीले शुक्रबार काठमाडौंमा कार्यक्रम गरी आधिकारिक विक्रेता नियुक्त गरेको र आफ्नो उत्पादनबारे जानकारी गराएको हो ।
कम्पनीले रोहतो आइ ड्रपसहित अरु चार प्रकारका औषधि ल्याएको जनाएको छ । ‘आई पर्फ्यूम’कोरुपमा परिचित रोहतो आइ ड्रपको स्थानीय मूल्य २ सय ८५ रुपैयाँ रहेको कम्पनीले जनाएको छ । कम्पनीले छाला, कपाल, दाग हटाउनेलगायतका औषधि पनि नेपाली बजारमा ल्याएको जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार