अस्थायी शिक्षकद्वारा बालुवाटार घेराउ

२०७३ भाद्र १३ गते, सोमबार

काठमाडौं, १३ भदौ । अस्थायी शिक्षकहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गरेका छन् । उनीहरुले सबै अस्थायी शिक्षकलाई प्रक्रिया पु-याएर स्थायी गर्न माग गर्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गरेका हुन् । राज्यले अस्थायी शिक्षकका माग सम्बोधन नगरेको भन्दै उनीहरुले शान्तिपूर्ण रुपमा राखेका माग सम्बोधन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
सबै अस्थायी शिक्षकलाई प्रक्रिया पु-याएर स्थायी गर्नुपर्ने, नयाँ शिक्षा विधेयक खारेज गर्नुपर्ने, सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्नुपर्ने भन्दै उनीहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गरेका हुन् । बालुवाटार अगाडिको निषेधित क्षेत्रबाट अगाडि बढ्न खोज्दा प्रहरीसँग सामान्य झडप समत भएको थियो । उनीहरुको धर्ना र आन्दोलनको कारण बालुवाटार क्षेत्रमा केहिबेर ट्राफिक अस्तव्यस्त भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]