भदौ २३ गते शिक्षा दिवस

२०७३ भाद्र १४ गते, मंगलवार

काठमाडौँ, १४ भदौ । यही भदौ २३ गते ३७ औँ शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । राष्ट्रिय शिक्षा दिवस मनाउने परम्परागत प्रचलनमा सुधार हुन सकेको छैन । शिक्षा दिवस मनाउन सुरु गरिएको ४२ वर्ष भएको छ । नारा चयन गर्ने, सर्वाेत्कृष्ट विद्यालयलाई पुरस्कृत गर्ने र शिक्षा पदक तथा प्रमाणपत्र पाउनेहरूको नाम घोषणा गर्ने प्रचलन सुरुदेखि नै रहँदै आएको छ ।
सो दिवस मनाउन गठित मूल समारोह समितिको सोमबार बसेको बैठकका वक्ताहरूले शिक्षा दिवस मनाउने तौरतरिकामा परिवर्तन गर्नुपर्ने बताए । शिक्षा मन्त्रालयले भदौ १७ गतेबाट साता व्यापी शिक्षा दिवस मनाउने निर्णय गरेको छ, तर दिवसको साताव्यापी कार्यक्रम सुरु हुन पाँच दिन बाँकी रहँदा बल्ल बैठक बोलाइएको छ । नाराको भने अझै अत्तोपत्तो छैन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार