सप्तरीमा हैंजा फैलियो

२०७३ आश्विन ६ गते, बिहीबार

काठमाण्डौ ,६ असोज । सप्तरीको गजेन्द्रनारायण सिंह अञ्चल अस्पताल राजविराजमा उपचारका लागि भर्ना भएका दुई जनामा ब्याक्टेरियम भिव्रिया कोेलेरीको जिवाणु देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
प्रदूषित पानी र खानेकुराका माध्यमबाट फैलिने उक्त जिवाणु कोईलाडी–२ का सोनीदेवी मण्डल र सचिया मण्डलमा देखा परेको जनस्वास्थ्य प्रमुख विजयकुमार झाले जानकारी दिए । उनका अनुसार हैजाको प्रकोप फैलाउन भिव्रियो कलेरी ‘ओ १’ र ‘ओ १३९’ प्रजातिको जिवाणु जिम्मेवार भए पनि ब्याक्टेरियम भिव्रिया कोेलेरीको जिवाणु देखिनासाथ हैजा भएको मानिन्छ । सप्तरीको कोइलाडी गाविसमा करिब पाँच दर्जन मानिस झाडापखालाले ग्रसित रहेकाले आवश्यक औषधिसहित जनस्वास्थ्यबाट टोली पठाइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार