आज विश्व शिक्षक दिवस

२०७३ आश्विन १९ गते, बुधबार

काठमाडौँ, १९ असोज । आज विश्व शिक्षक दिवस , नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । समाजमा शिक्षकको भूमिका स्थापित गर्न संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को आह्वानमा सन् १९९४ देखि करिब एक सय मुलुकमा यो दिवस मनाइन्छ ।
नेपाल शिक्षक महासङ्घले आज काठमाडौँमा शिक्षा मन्त्री धनीराम पौडेलको उपस्थितिमा दिवस मनाउने कार्यक्रम तय गरेको छ । महासङ्घले दिवसलाई सरकारीस्तरबाट पनि मनाइनुपर्ने माग गर्दै आएको छ । यस वर्षको दिवसको नारा ‘शिक्षकको सम्मान, अवस्थामा सुधार’ रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार