रात्रिकालीन कामले स्तन क्यान्सर जोखिम कम

२०७३ आश्विन २३ गते, आईतवार

काठमाडौं, २३ असोज । बेलायती वैज्ञानिकहरूको एक अध्ययनले रात्रि सेवामा काम गर्ने महिलामा स्तन क्यान्सरको जोखिम कम भएको देखाएको छ । ब्रिटिस हेल्थ एन्ड सेफ्टी एक्सक्युटिभ (एचएसई), क्यान्सर रिसर्च यूके र द यूकेले संयुक्त रूपमा गरेको अध्ययनले यस्तो तथ्य पत्ता लगाएको हो । मेडिकल रिसर्च काउन्सिलले नेसनल क्यान्सर इन्स्टिच्युटको जर्नलमा बिहीबार प्रतिवेदन प्रकाशित गरेको छ ।
अमेरिका, चीन, स्वीडेन र नेदरल्यान्डका गरी १४ लाख महिलामा गरेको अनुसन्धानबाट प्राप्त विवरणलाई विश्लेषण गरी यस्तो निष्कर्ष निकालिएको हो । यस विषयमा यही नै सबैभन्दा ठूलो अनुसन्धान भएको अनुसन्धानकर्ताले जनाएका छन् । ‘हाम्रो अध्ययनबाट जो महिला लामो समयको रात्रिकालीन सेवामा काम गर्दछन्, त्यस्ता महिलामा स्तन क्यान्सरको सम्भावना कम हुने देखिएको छ,’ अक्सफोर्ड विश्वविद्यालयको क्यान्सर इपिडिमियोलोजी एकाइका वैज्ञानिक तथा प्रमुख लेखक रुथ ट्राभिसले भने ।
‘रात्रि सेवामा काम गर्ने र दीवा सेवामा काम गर्ने महिलाबीच तुलनात्मक अध्ययन गर्दा अध्ययनमा समावेश रात्रि सेवाका महिलामा स्तन क्यानसर निकै काम देखिएको वा देखिँदै नदेखिएको पाइयो,’ एचएसइका प्रमुख वैज्ञानिक सल्लाहकार एन्ड्रेव कुरानले भने । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार