भिटामिन ए र जुकाको औषधि खुवाईंदै

२०७३ कार्तिक २ गते, मंगलवार

काठमाडौ, २ कात्तिक । आज र भोलि देशभरका पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधी खुवाईंदैछ । भिटामिन खुवाउने कार्यक्रम बिहानैबाट स्वास्थ्य सेवा केन्द्र र सामुदायिक अस्पतालहरुमा सुरु हुँदैछ । राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत कात्तिक २ र ३ गते देशभरका ७५ जिल्लाका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औसधी खुवाउने गरीन्छ । दुई दिनमा देशभरीका ६ महिनादेखि पाँच बर्ष मुनिका करिब ३६ लाख बालबालिकालाई भिटामिन ए क्याप्सुल र ती मध्ये एक बर्षदेखि पाँच वर्षसम्मका करिव ३१ लाख बालबालिकालाई जुकाको औषधीसमेत खुवाउने कार्यक्रम रहेको छ ।
बालमृत्यु दर घटाउने, भिटामिन ए को कमीबाट जनस्वास्थ्यसम्बन्धी समस्याका रुपमा रहन नदिने उद्देश्यले २०५० सालदेखि नियमित रुपमा वर्षको दुईपटक बैशाख र कात्तिकमा यो कार्यक्रम संचालन गरिन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु