कृषि विश्वविद्यालयको वेथिति रोक्न माग

काठमाण्डौ, ४ कात्तिक । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले कृषि विश्वविद्यालय भित्रको वेथिति तत्काल रोक्न माग गरेको छ । अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष लाल वहादुर तामाङले कृषि विश्वविद्यालयका उपकुलपति आइपी ढकाललाई ११ बुदे माग सहितको ज्ञापनपत्र पेश गर्दै कृषि तथा बन विज्ञान विश्वविधालय शैक्षिक माफियाको योजनामा अघि वढेको ठोकुवा गरे । उनले विभिन्न निजि कलेजहरुलाई दिन लागिएको सम्वन्धन प्रक्रिया तत्काल स्थगन गर्न समेत माग गरे । अखिल क्रान्तिकारीले ज्ञापनपत्र मार्फत एक प्रदेश एक कृषि तथा भेटनरी आंगिक कलेज स्थापना,खुल्ला प्रतिस्पर्धाको आधारमा प्रध्यापक कर्मचारी नियुक्ती,प्रध्यापकको हेलमेट प्रथा अन्त्य र शुल्क वृद्धि खारेज गर्न माग गरिएको छ ।