अखिल नेपाल चिकित्सक संघको राष्ट्रिय सम्मेलन कार्तिक २५ देखि
काठमाडौ, २३ कात्तिक । मौलिक स्वास्थ्य अधिकारः कार्यन्वयनको प्रत्यभुति भन्ने मुल नारा सहित अखिल नेपाल चिकित्सक संघको २७ औ राष्ट्रिय सम्मेलन कार्तिक २५ देखि धरानमा शुरु हुने भएको छ । धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाहलमा सोमबार आयोजित पत्रकार सम्मेलन यहि कार्तिक २५ देखि २७ गते तीन दिनसम्म सम्मेलनको अयोजना गरिएको आयोजक समितिका सचिव डा. पशुपति चौधरीले जानकारी दिए ।
१३ वर्षको अन्तरालमा आयोजना हुन गईरहेको सम्मेलनमा देश विदेशमा रहेका प्रबुद्ध स्वास्थ्य वैज्ञानिकहरु र नीति निर्माताहरु बिचको सघन विचार विमर्श र छmलफलबाट यस सम्मेलनले मौलिक स्वास्थ्य अधिकारको कार्यान्वयनमा केहि ठोस दिशा निर्देश गर्ने समितिका सचिव चौधरीले बताए ।
देश विदेशका सात सय भन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सहभागिता रहने सम्मेलनमा क्यानाडा, जापान, भारत लगायत विश्व विख्यात स्वास्थ्य वैज्ञानिक तथा नीति निर्माताहरुले पन्ध्रभन्दा बढी कार्यशाला तथा ८५ वटा बैशानिक अनुसन्धानहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको जनाइएको छ ।