६ दिनदेखि शव अस्पतालमा

२०७३ मंसिर २६ गते, आईतवार

काठमाडौं, २६ मंसिर । चितवन मेडिकल कलेजमा प्रसुती गराउन आएकी भरतपुर ७ कृष्णपुरकी २५ वर्षिय सुनिता गुरूङको मृत्युपछि पिडितका आफन्तले ६ दिन देखी शव उठाएका छैनन् । चिकित्सकको लापरबाहीले मृत्यु भएको दावी गर्दै पीडितले छानविन र क्षतिपुर्ति रकम माग गरेका छन । गत सोमबार अपरान्ह् गुरुङको मृत्यु भएपछि आफन्तले शिक्षण अस्पतालमा तोडफोड समेत गरेका थिए । लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै प्रशासनमा क्षतिपुर्तिको निवेदन दिएपनि तिन दिन देखी पिडित र अस्पताल प्रशासन बिच सहमति हुन सकेको छैन् । उपचार क्रममा मृत्यु भएकालाई क्षतिपुर्ति दिन नसक्ने अस्पताल प्रशासनले बताएपछि पीडितले शव नउठाएका हुन् ।
घट्ना बुझ्न शुक्रबार प्रमुख जिल्ला अधिकारी नारायणपसाद भट्टको रोहवरमा छानविन समिति गठन गरिएको छ । समिति संयोजकमा सहायक प्रजिअ रामराज सुवेदी छन । सदस्यमा भरतपुर अस्पतालका प्रसुती विभाग प्रमुख डा. सुनिलमणी पोखरेल, राष्ट्रिय अनुसन्धानका एसपी अच्युत पन्त, जनस्वास्थ्य प्रमुख बिजय झा र प्रहरी नायव उपरिक्षक दीपक श्रेष्ठ छन ।
शनिबार नेपाल आदिवासी जनजाती संघ र कान्तिनगर टोल बिकाश संस्थाले सयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरी मृत्युको कारण पत्ता लगाई कारबाहीको माग गरेको छ । चिकित्सकको लापरबाही भन्दै संस्थाको तर्फबाट घनश्याम सुवेदीले सम्मेलनमा बिज्ञप्ति मार्फत मृत्युको कारण सार्वजनिक, उपचारमा सलग्न चिकित्सको सार्वजनिकरण, थुनामा रहेका ब्यक्तिको रिहाई र उचित,न्यायपूर्ण क्षतिपुर्तिको माग गरिएको छ ।
घट्नाको प्रकृति
आईतबार राति अचानक सुनितालाई सुत्केरी ब्यथा लागेपछि चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो | उनका साथमा आफन्त समेत साथमा रहेका थिए । अस्पतालमा स्त्रीरोग बिशेषज्ञ को टिमले गुरुङको उपचार गरिरहेको थियो । तर सोमबार अपरान्ह चिकित्सकले आफन्तलाई बाहिर निकालेर मृत्यु घोषणा गरेको पीडित परिवारको भनाई छ ।
मृतकका देवर सोमान सिंहले गत सोमबार बिहान ३ः१५ बजेको समयमा प्रसूति व्यथा लागेपछि भाउजू सुनितालाई अस्पताल भर्ना गरेको बताए । उनले भने “भाउजुको अवस्था सामान्य थियो, चिकित्सकले दुई घण्टामा बच्चा जन्मिन्छ भनेका थिए । तर सोही दिन मध्यान्ह १२ बजे भाउजूको मृत्यु भयो ।”
मृतककी बहिनी गोरी गुरुङले नर्मल डेलिभरी हुन्छ भनिएकी दिदीको डाक्टरको लापरवाहीले मृत्यु भएको आरोप लगाइन् । उनले भनिन् “दिदीको अवस्था सामान्य थियो, डाक्टरको लापरवाहीले मृत्यु भयो ।” मृतक सुनिताको गर्भको बच्चा समेतको मृत्यु भएको छ । मृतकका आफन्तले शव नबुझी लापरवाही गर्ने चिकित्सकलाई कारवाहीको माग गरेको छन् ।
उपचारमा लापरबाही भन्दै पीडित पक्षले अस्पतालमा तोडफोड गरेका थिए । त्यसपछि तनाब बढेको हो । उनको मृत्युपछि आफन्तले अस्पताल प्रशासन र उपचारमा संलग्न चिकित्सकको विरोधमा नाराबाजी गरेका थिए । घट्नापछि जिल्ला प्रशासनमा मृतकका श्रीमान हर्कबहादुर गुरुङले क्षतिपुर्तिका लागी निवेदन दिएका छन् ।
सामान्य अवस्थाको बिरामीलाई उपचारमा लापरबाही गरेकाले मृत्यु भएको आफन्तले दाबी छ । सुनिताले गर्भवती अवस्थादेखी मेडिकल कलेजमा जाँच गराउदै आएकी थिईन् । सामान्य अवस्थाको बिरामीलाई चिकित्सकले उपचारमा हेलचेक्रयाई गरेकोले मृत्यु भएको मृतकका दाजु सीतामान गुरूङले बताए । अस्पताल प्रशासनले यथार्थ छानविन गरी मृत्युको कारण बाहिर नल्याए सम्म शव नउठाउने पीडितको भनाई छ ।
अस्पतालको दावि
अस्पतालले बिज्ञप्ति जारी गर्दै गर्भावस्थामा बिकशित हुने जटिल रोग ईक्लामिसिया देखीएकाले सम्बन्धित बिशेषज्ञले उपचार गर्दागर्दै सघन कक्ष (आईसियू) मा मृत्यु भएको जनाएको छ ।
मृत्यु पछि आफन्तले अस्पतालका नर्स, चिकित्सक लगायतलाई गाली गलौज गरी अस्पताल तोडफोड र अभद्र ब्यवहार गरेका भन्दै भत्र्सना गरेको छ । ‘उपचारको क्रममा मृत्यु भएको हो,’ अस्पतालका निर्देशक डा.दयाराम लम्सालले भने,‘छानविन समिति गठन गरी प्रक्रिया अघि बढेकाले उपचारको क्रममा हो वा चिकित्सकको लापरबाही भन्ने पछि पत्ता लाग्छ ।’

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु