लक्ष्मीका हत्यारालाई कारवाही गर्न माग
काठमाडाैँ , २९ मंसिर । संयुक्त विद्यार्थी संगठन छात्रा मंचले लक्ष्मी परियार र कन्चन भुजेलका हत्यारालाई तत्काल कारवाही गर्न माग गरेका छन । उनीहरु
काभ्रेकी लक्ष्मी परियार र कन्चन भुजेलका हत्यारालाई कारवाहीकाे काम गर्दै सडकमा निस्केकाे छन । पद्मकन्या क्याम्पस अगाडि गरिएकाे सो प्रदर्शनलाई सम्बाेधन गर्दै मंचकी अध्यक्ष नविना लामा,महासचिव पन्चा सिंह र काेषाध्यक्ष सुनिता बमले दाेषिमाथि कडा कारवाही गरिनु पर्ने माग गरे ।
नेकपा (माअाेवादी)निकट अखिल क्रान्तिकारीकी नेतृ तथा मंचकी काेषाध्यक्ष बमका अनुसार मञ्चले चरणबद्ध अान्दाेलनका कार्यक्रम समेत घाेषणा गरेकाे छ । जसअनुसार बिहीबार स्थलगत अध्ययन, पुस १ गते प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र र ३ गते सडक बहस गर्ने भएकाे छ । काभ्रेकी परिवारलाई केही अघिमात्र शिक्षककै अगुवाईमा बाेक्सीकाे अाराेपमा कुटपिटपछि मृत्यु भएकाे थियाे ।