‘निजी बिद्यालयबारे दोहोरो नीति राख्दैनौ ‘

२०७३ पुष १४ गते, बिहीबार

काठमाडौं , १४ पुस । नेकपा (माओबादी) का महासचिव विप्लवले निजी बिद्यालयबारे आफ्नो पार्टीले दोहोरो चरित्र नदेखाउने भन्दै आधिकारिक धारणा बनाउने बताएका छन् । हिजो निजी बिद्यालय संचालकहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै विप्लवले कम्युनिस्ट पार्टी भन्नेहरु सत्तामा नआउदासम्म निजी बिद्यालयहरुको बिरोध गर्ने र सत्तामा आएपछि मौन बस्ने दोहोरो चरीत्र देखाउने गरेका छन् । तर नेकपा माओबादीले दोहोरो नीति नराख्ने बताएका छन् । विप्लवले सरकारको लगानी ब्यक्तिको लगानी अगाडि निकम्मा बन्नू लाजमर्दो कुरा भएको र निजी बिद्यालय संचालक हरुको ब्यवस्थापकीय क्षमता सरकारको भन्दा बढ़ी भएको बताए । सरकारी कर्मचारी आफ्ना बालवालिका निजी विद्यालयमा छोराछोरी पढाउछन् सरकार भन्दा निजी क्षेत्र सक्षम भएको प्रमाण हो । उनले अहिलेको राज्य ब्यबस्था दलाल चरित्रको संसदीय ब्यवस्था भएको भन्दै यसले निकाश दिन नसक्ने दावी गरे । उनले भने केहि नेता,कार्यकर्ता र कर्मचारीका केटाकेटी निशुल्क पढाइदिने अनी अरुबाट त्यसको ब्याजसमेत असुल्ने कुरा स्वीकार्य हुदैन । जनसत्ता स्थापना भएपछि तपाईहरु आफै बिद्यालय राज्यलाई सुम्पन तैयार बन्नुहुन्छ, यो नै जनताको सत्ताको बिशेषता हो किनभने तपाईहरु पनि जनता हो । शिक्षामा काम गर्नु राम्रो कुरा हो । अहिले हामी निषेधको पक्षमा छैनौ । हामीलाई लिखितरूपमा पनि सुझाब पठाउनसक्नुहुन्छ । हामी छिटै दस्ताबेजकै रुपमा तपाईंहरुबारे हाम्रा धारणा सार्वजनिक गर्छौ ।
कार्यक्रममा प्याब्सनका अध्यक्ष लक्षबहादुर केसी, एन प्याप्सन अध्यक्ष कर्णबहादुर शाही, हिसान प्रतिनिधि नकुल सिलवाल, अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष लालबहादुर बिसी, नेकपा माओबादीका नेता माइला लामालगायत सहभागी थिए । अखिल नेपाल शिक्षक संगठन काठमाडौ जिल्लाले आयोजना गरेको थियो कार्यक्रमको अध्यक्षता शंकर ढकालले गरेका गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु