रोल्बाङ माध्यमिक विद्यालय जेल्बाङमा अखिल क्रान्तिकारी

२०७३ पुष २४ गते, आईतवार

काठमाडौं, २३ पुस । रोल्पाको जेल्बाङमा रहेको रोल्बाङ माध्यमिक विद्यालयमा नेकपा(माओबादी) निकत अनेरास्ववियू क्रान्तिकारीको मावि इकाई कमिटि गठन गरीएको छ । शुक्रबार विद्यालयको प्राङ्गनमा भएको एक कार्यक्रममा गठन गरीएको उक्त कमितिको अध्यक्ष्यमा सिजन बुढामगर चयन भएका छन् । कमितिको अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा मुना बुढामगर सचिवमा निरज बुढामगर,सहसचिवमा शारदा रोकामगर,कोषाध्यक्षमा शिशिर रोकामगर लगायत ४५ सदसीय मावि इकाइ कमिति गठन गरिएको हो ।
अखिल क्रान्तिकारीका रोल्पा जिल्ला सहसचिव आवाजको अध्यक्षता तथा उपाध्यक्ष गेमिको सन्चालनमा भएको कार्यक्रममा राष्ट्रिय युवा जन स्वयम सेवकका रोल्पा जिल्ला इन्चार्ज प्रयास सदस्य दिपजंग,सदस्य अनिल, क्रान्तिकारी पत्रकार संगठनका विपुल मावि जेल्बाङका प्रअधानाध्यापक लोेकनाथ पन्थी,व्यवस्थापन समितिका अध्यक्ष तुफान लगायतको आतिथ्यता रहेको थियो ।
नेकपा (माओबादी)को ३ महिने एकिकृत जनजागरण तथा संगठन शुद्धिकरण अभियान अन्र्तगत यो कार्यक्रम गरीएको हो । कार्यक्रममा युवाका संयोजक एवँ अभियान पुर्वि कमाण्ड इन्चार्ज प्रयासले पार्टीले अबलम्बन गरेको एकिकृत जनक्रान्तिको कार्यदिसा,पार्टीको आउने फागुनमा हुने महाधिबेशन र समग्र पार्टीको धारणा साथै समसामयिक बिषयमा प्रशिक्षण मुलक मन्तव्य राख्नु भएको थियो ।
रोल्पाको जेल्बाङ हाल बलिदानको गाउ भनेर चिनिन्छ । नेपालमा चलेको १० बर्षे जनयुद्धमा सबै भन्दा बढी एकै गाविसका ७३ जना शहिद भएको गाउ हो । यस गाउमा रहेको रोल्बाङ माध्यमिक विद्यालयको पनि आफ्नै इतिहास छ । यस विद्यालयमा अध्यण गरेर राजनैतिक जिवन शुरुवात गरेका जेल्बाङका शेष,शरद, रक्तिम लगायतका नेताहरु केन्द्रीय राजनितिमा हुनुहुन्छ । – हर्क घर्तीमगर

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु