शिक्षा विभागमा तालाबन्दी

२०७४ बैशाख १५ गते, शुक्रबार

काठमाडौं , १५ वैशाख । संयुक्त विद्यार्थी संगठनले मनपरी शुल्क असुल गर्ने निजी शैक्षिक संस्थामाथि कारवाही नगरेको भन्दै शिक्षा विभगमा तालाबन्दी गरेका छन् । यसअघि काठमाडौंका केही निजी विद्यालयमा तालाबन्दी गरेका विद्यार्थी संगठनहरुले १७ गते शिक्षामन्त्री, शिक्षामन्त्रालयका अधिकारीहरु र निजी विद्यालयका संचालकहरु (प्याब्सन र एनप्याब्सनका पदाधिकारीहरु) समेतलाई वहिष्कार गर्ने र १८ गते सरकारी सवारी साधन संचालनमा अवरोध गर्ने निर्णय गरेका छन् ।
नेविसंघका अध्यक्ष नैन सिंह महर, अखिल अध्यक्ष नविना लामा, अखिल क्रान्तिकारीका उपाध्यक्ष रञ्जीत तामाङ, अखिल क्रान्किारीका महासचिव दिपेन्द्र चलाउने, रा.प्र.वि.संघका अध्यक्ष राजिव लामिछाने, समाजवादी विद्यार्थी फोरमका अध्यक्ष विवेक राई, नयाँ शक्ति विद्यार्थी युनियनका विवेक ओली र अनेरास्ववियु अध्यक्ष(पाँचौ) घनश्याम मिश्र लगायतले थप अान्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु