मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएका ब्यक्तिको मृगौला दुई जनालाई

२०७४ बैशाख ३१ गते, आईतवार

काठमाडौं, ३१ बैशाख । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरले मुलुकमै पहिलो पटक मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएका एक ब्यक्तिको मृगौला दुई जनामा प्रत्यारोपण गरेको छ । केन्द्रका निर्देशक एंव बरिष्ठ मृगौला तथा कलेजो प्रत्यारण शल्यचिकित्सक पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा गत विहीबार मस्तिष्क मृत्यु भएकाा एक ब्यक्तिमा दुईवटा मृगौला झिकेर दुई फरक ब्यक्तिमाा प्रत्यारोपण गरिएको हो ।
सडक दुर्घटनामा परेर ती करिब ३० बर्षे युवाको मस्तिष्क मृत्यु भएको थियो । स्रोतका अनुसार प्रत्यारोपण गराएका एक युवा र अधबैंसे व्यत्तिलाई एकसातामा डिस्चार्ज गरिनेछ । ‘प्रत्यारोपण गराएका दुवै स्वास्थ्य छन्, शनिबार गरिएको परीक्षणमा समेत कुनै असामान्यता देखिएको छैन्’, केन्द्रका एक चिकित्सकले भने । मानव अंग प्रत्यारोपण नियमावली २०७३ ले प्रत्यारोपणसँगै मस्तिष्क मृत्यु भएकाले अंग लिने र प्रत्यारोपण गर्ने बाटो खुल्ला गरेपछि मुलुकले प्रत्यारोपण क्षेत्रमा फड्को मार्न सकेको हो । – कान्तिपुर दैनिकबाट

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

२०८२ बैशाख २१ गते, आईतवार

कक्षा १२ को परीक्षा शुरु

२०८२ बैशाख २१ गते, आईतवार

शिक्षक र सरकारबीच ९ बुँदे सहमति

२०८२ बैशाख १८ गते, बिहीबार